मेलमिलापको सम्झनामा कांग्रेस, तर पार्टीभित्रै छैन मेल

मेलमिलापको सम्झनामा कांग्रेस, तर पार्टीभित्रै छैन मेल

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आठ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएको दिनको सम्झनामा नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहेको छ ।

तत्कालीन सरकारले लगाएका आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर बीपी स्वदेश फर्किएको दिनको सम्झनामा दिवस मनाउँदै गर्दा कांग्रेसमा भने एकता छैन ।

नेकपा एमालेसँगको सत्ता गठबन्धन भत्किने गरी भएको जेनजी आन्दोलनपछि कांग्रेसमा देखिने विचार समूहहरू थप ध्रुवीकृत छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको निर्देशनमा नेतृत्व परिवर्तनका लागि देशव्यापी हस्ताक्षर अभियान चलेपछि कांग्रेसको विवाद थप चुलिएको छ ।