महिलालाई हत्या गरि तीस टुक्रा पारि फ्रिज भित्र राखिएको अवस्थामा शव फेला

महिलालाई हत्या गरि तीस टुक्रा पारि फ्रिज भित्र राखिएको अवस्थामा शव फेला

भारतको बेङ्गलोरमा एक महिलालाई विभिन्न टुक्रामा विभाजन गरि शवलाई फ्रिज भित्र राखिएको अवस्थामा फेला परेको छ।  भारतीय संचार माध्यमको अनुसार उक्त महिलाको हत्या गरेर शरिरको अंगलाई ३० टुक्रा बनाएर फ्रिजमा राखिएको थियो।  

उक्त शवको गन्धले छिमेकीले थाह पाउँदा प्रहरीलाई खबर गरेका थिए।  साथै छिमेकीहरुको सुचनाको आधारमा प्रहरीले घटना स्थलमा पुगेको थियो। यस्तै उनको नाम अहिले महालक्ष्मी रहेको खुलेको छ।  साथै उनको उमेर २९ वर्ष रहेको प्रहरीको अनुमान रहेको छ।  उनि एक सपिङ्ग मलमा काम गर्थिन र उनि सोहि ठाउँमा एक्लै बस्ने गर्थिन।  

यस्तै उनलाई काम गर्ने समयमा महालक्ष्मीलाई एउटा गाडी लिन आउने समेत गएको स्थानियहरुले जानकारी दिएका छन्।  अहिले उक्त क्षेत्र मा सन्त्रासको अवस्था रहेको समेत बताइएको छ।  

स्थानीयको अनुसार उनि संग एक जना केटा मान्छे भेट्न आएको थियो।  

अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।  थप