घर शिलान्यास गर्दा पुरिएर एकजनाको मृत्यु
पाँचथरको फिदिम बुद्धमार्गमा घरको शिलान्यास गर्दा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६९ वर्षिय गोपाल ढुंगाना रहेको पाँचथर प्रहरीले जनाएको छ।
आज बिहान छिमेकीको घर शिलान्यासको पूजा गर्न गएका ढुंगाना माथिबाट सेफ्टिट्याङ्की झरेर पुरिएका थिए। पुरिएका उनलाई स्काभेटरको सहायताले निकालिएको थियो।
ढुंगानाको टाउकोमा गम्भीर चोट लागेर अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ।
