योगेश भट्टराईको अपिल–पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या, एकता जोगाउन समीक्षा जरुरी
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका नेताहरुबारे अनर्गल लाञ्छना लगाउने काम भइरहेको आरोप लगाएका छन् । उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन गम्भीर समीक्षा जरुरी भएको बताएका छन् ।
सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा हुनुहुन्छ । सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नु भएन । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ । यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ ।’
थर्ड पोल 