यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।समितिकाअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ । यस्तै गोलभेँडा सानो लोकलको ३० रुपैयाँ र गोलभेँडा टनेलको ४० रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ७२, मुला रातोको ४०, टाटे सिमीको ६०, चिचिण्डोको ३०, प्याज हरियोको २५० रुपैयाँ कायम हुँदा स्कुसको ३०, अनारको ४००, जुनारको ३००, राजा च्याउको ३०० रुपैयाँ कायम भएको छ । यस्तै केरा दर्जनको १५० रुपैयाँ कायम भएको पनि समितिले जनाएको छ ।