रुकुम पुर्वमा दिदीबहिन मृत फेलाको घटना: संकास्पद ७ जना प्रहरीको नियन्त्रणमा
1.
रुकुम पुर्वमा दिदीबहिन मृत फेलाको घटनामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि उक्त घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार दुई बालिकालाई हत्या गरि फालिएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो। गत बुधबार सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो ।
एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले संकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले बताईन्। दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने प्रहरीको आशङ्का छ।
दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको छ । अनुसन्धानका क्रममा रहेकाले अहिले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।
थर्ड पोल 