रिलिजको चार दिनमै स्त्री–२ दुई सय करोड क्लबमा
काठमाडौं । बलिवुड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको चौथो दिन आइतबार मात्र ५८ करोड २० लाख कमाई गरेको छ ।फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ । फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड र शनिबार ४५ करोड ७० लाख कमाएको थियो ।
करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री–२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । अमर कौशिकले निर्देशन गरेको स्त्री२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।
थर्ड पोल 