रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु

रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु

रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

सुनीलस्मृति गाउँपालिका-७ तेवाङ भैंसीपुरे बस्ने २४ वर्षीया कृष्णा पुनको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।