रवि-बालेन सम्झौतापछि शंकर पोखरेलले भने- विध्वंशका योजनाकार र सञ्चालक सार्वजनिक हुँदैछन्
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच सम्झौता भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले 'विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने क्रमश: सार्वजनिक भइरहेको' बताएका छन्।
बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने लगायतका सातबुँदे सम्झौता आइतबार बिहानै भएको थियो।
त्यसलगत्तै एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो। त्यसको आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो। यी विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ।'
थर्ड पोल 