रेशम चौधरीको उम्मेदवारी खारेज
नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।
कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको निर्णयमा भनिएको छ,‘नागरिक उन्मुक्ति पार्टी नेपाल ९एकल चुनाव चिन्ह० का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ। कानून बमोजिम गर्नु’।
टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए।
थर्ड पोल 