राष्ट्रिय सम्पत्तिमाथि क्षति, झण्डा फाल्नु ,कर्मचारी कुट्नु लज्जाको विषय : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गरेका छ्न् । उनले प्रदेशसभाबाट विश्वासको मत मागिसकेको मुख्यमन्त्रीले मत विभाजनको घण्टी बजेपछि राजीनामा घोषणा गर्नु र विश्वासको मत पाउन नसक्नुले नै ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मुख्यमन्त्री नियुक्त गर्नु तथा शपथ गराउनु संवैधानिक भएको बताएका हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको आदेश आए नेपाली कांग्रेस नेतृत्वको सरकार स्वीकार गर्न तयार रहेको बताए । मंगलबार जनकपुरधामस्थित पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री यादवले सर्वोच्च अदालतबाट अप्रत्यासित आदेश आएको खण्डमा कांग्रेसको नेतृत्व स्वीकार गर्न आफू तयार रहेको बताए ।
यादवले आफू पहिला पनि कांग्रेसको नेतृत्वमा सरकार गठनको पक्षमा रहेको भन्दै कांग्रेस बाहेक अरु दलको नेतृत्व अब स्वीकार गर्न नसकिने उनको भनाइ छ। नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीमा नियुक्त भएका यादवले आफ्नो नियुक्ति सम्बन्धमा पार्टी र नेपाली कांग्रेससँग समेत छलफलका लागि काठमाडौं जान लागेको बताए । यादवले आफ्नो नियुक्तिपछि एमाले र कांग्रेसका कार्यवाहक सभापतिले समेत चासो दिएकाले आफ्नो नियुक्तिलगायतको विषयमा छलफलका लागि काठमाडौं जाने बताए ।
थर्ड पोल 