राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा
राष्ट्रियसभाको निर्वाचनमा चुनावी गठबन्धन गर्नको लागि नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले नेपाली कम्युनिस्ट पार्टीसँग पनि संवाद गरिरहेका छन्।
राष्ट्रियसभाको निर्वाचनमा कुनै न कुनै दलसँग मिलेर जानुपर्ने बाध्यात्मक स्थिति बनेपछि कांग्रेस र एमालेले नेकपासँग पनि छलफल सुरु गरेका हुन्।
एक्लै जाँदा अपेक्षित परिणाम नआउने भएकाले कुनै न कुनै दलसँग मिल्नुपर्ने नेकपाको पनि निष्कर्ष छ। नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाले राष्ट्रियसभाको निर्वाचनलाई केन्द्रित गरेर दुवै दलसँग छलफल भइरहेको बताए।
थर्ड पोल 