रास्वपा छाडेका पूर्वडीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा

रास्वपा छाडेका पूर्वडीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन् ।

खरेल काभ्रेपलाञ्चोक २ का नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यको पाँचखालमा भइरहेको चुनावी कार्यक्रममा सहभागी भएका हुन् । पाँचखाल ५ को केराघारीमा पुगेका खरेलले आफू कुनै पार्टीमा नलागे पनि रुपान्तरण सहित आएको कांग्रेसले देशको मुहार परिवर्तन गर्ने अपेक्षासहित चुनावी कार्यक्रममा आएको बताए

‘म न्युट्रल मान्छे हो, म कुनै पार्टीमा आवद्ध छैन, तर नेपाल आमाले नयाँ अनुहार खोजुरहनुभएको छ । न्युट्रल भोटरको हिसाबमा हेर्दा नेपाली कांग्रेस हिजोको कांग्रेस रहेन, सुदृढीकरण गरेर युवा नेताहरुको उदय भएको र त्यो उदय भनेको भोलिको प्रष्ट भिजन, मिसन र भिजनलाई एक्सनमा लाने एउटा उदय हो,’ खरेलले भने, ‘गगन र विश्वप्रकाशको आँटलाई सहयोग पुर्याउन कांग्रेसलाई मत माग्न आएको हुँ ।’