विपीको सरकार नहटाएको भए नेपाल कोरिया जस्तो विकशित हुन्थ्यो : प्रदीप पौडेल
काठमाडौं, ६ साउन । राजा महेन्द्रले तत्कालिन विपी कोइराला सरकार अपदस्त गर्नु नै नेपालको विकासका लागि दुभाग्र्य भएको नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बताएका छन् ।
विपी कोइरालाको स्मृति दिवस पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा नेता पौडेलले, २०१७ सालको विपी सरकारलाई राजा महेन्द्रले अपदस्त नगरेको भए नेपालको आर्थिक, सामाजिक विकासको अवस्था दक्षिण कोरियाको जस्तो हुथ्यो भनेका हुन् ।
नेता पौडेलले भने, ‘सन् १९६२ मा कोरिया युद्धबाट बल्ल शान्तिमा आएको स्थिति थियो ।आज भन्दा ६० वर्ष अगाडि नेपालको प्रतिव्यक्ति आय कोरियाको भन्दा डेड सय डलर बढी थियो । आज दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३५ हजार डलर छ । हाम्रो जम्मा १३सय छ । विपी कोइरालाको सरकार त्यो बेलामा अपदस्त नगरेको भए आज नेपाल कम्तिमा दक्षिण कोरिया बन्थ्यो । नेपालले आर्थिक उन्नति गरेर त्यो उचाइ प्राप्त गर्ने स्थिति बन्थ्यो ।’
थर्ड पोल 