व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै - साथसाथ

व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै - साथसाथ

साथसाथ  गैरसरकारी संस्थाले "मेरो जन्म दर्ता मेरो पहिचान" भन्ने नाराका  विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले हरेक वर्ष बैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गर्दछ । 

यसै क्रममा सप्ताहव्यापी रुपमा साथसाथले  विभिन्न कार्यक्रमहरु  काठमाण्डौ, ललितपुर, भक्तपुरका विभिन्न वडा कार्यालयसंग समन्वय गरी जन्म दर्ता घुम्ती शिविर संचालनमा ल्याएको थियो । साथै अन्य घटना दर्तामा पनि सुचना प्रवाह गरिएको थियो । 

कोहि पनि बालबालिका जन्म दर्ता गर्न बाट नछुटोस् , जन्म दर्ता र यसको महत्वको बारेमा जानकारी दिन काठमाण्डौ र भक्तपुर का विभिन्न सुकुम्बासी वस्ती लगायत सामुदायिक विद्यालयहरुमा जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएको थियो । नेपाल सरकारले वि.सं.२०१४ देखि २०२४ सम्म शत प्रतिशत बालबालिकाको जन्म दर्ता गर्ने लक्ष्य लिएको छ । 

साथसाथ विगत २५ बर्ष देखि जोखिम परिस्थतीमा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत गैरआवासीय गैरसरकारी संस्था हो । यसको मुख्य उद्देश्य भनेको जोखिम परिस्थतीमा रहेका बालबालिकाहरुलाई समाजमा पुर्नस्थापना गर्नु रहेको छ । 

साथसाथले त्यस्ता जोखिम परिस्थतीमा रहेका बालबालिकाहरुलाई औपचारीक र अनौपचारीक शिक्षा, सीप मुलक र व्यवसायिक तालिम आर्थिक उपार्जन गर्न सक्ने शिक्षा वा ज्ञान दिई उनीहरुको क्षमतालाई बढाई बौद्धिक विकास गर्न सहयोग गर्नुका साथै हाल आएर सडक बालबालिका तथा सडकसँग आबद्ध बालबालिकाको कानूनी पहिचानको लागि पनि कार्य गर्दै आईरहेको छ ।