शेख हसिनाको अवामी लिगद्वारा बंगलादेशमा विरोध प्रदर्शन गर्ने घोषणा

शेख हसिनाको अवामी लिगद्वारा बंगलादेशमा विरोध प्रदर्शन गर्ने घोषणा

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको छ ।

इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले १७ नोभेम्बरमा ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमा खान कमाललाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

अवामी लिगले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत् ट्रिब्युनलको फैसला मोहम्मद युनुसको अन्तरिम सरकारको राजनीतिक ‘षड्यन्त्र’ भएको आरोप लगाएका थियो ।

हसिना र पार्टीलाई अर्को वर्षको फेब्रुअरीमा हुने भनिएको आम निर्वाचनबाट बाहिर राख्ने उद्देश्यले उक्त फैसला गरिएको आवामी लिगको टिप्पणी छ ।