गोविन्द बन्दीले लिए पद तथा गोपनीयताको शपथ

गोविन्द बन्दीले लिए पद तथा गोपनीयताको शपथ

बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका गोविन्द बन्दी ९गोविन्द प्रसाद शर्मा–कोइराला०ले पद तथा गोपनीयताको शपथ लिएका छन्।  बन्दीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बन्दी गैरसांसदका रूपमा मन्त्री बनेका हुन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिटक मानिने उनी सोही पार्टीका तर्फबाट मन्त्री बनेका बताइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई मन्त्री नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने अवस्थाको परिकल्पना गरिएको छ। जसमा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने उल्लेख छ। तर, त्यसरी नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र सघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने छ।