चार महिनापछि देउवा र कोइरालाबीच दोहोरो संवाद, के भयो कुराकानी ?
नेपाली कांग्रेसको १४औँ महाधिवशन सकिएको चार महिनापछि सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच संवाद भएको छ । बुधवार सभापति देउवासँग टेलिफोन संवाद गरी कोइरालाले संसदीय बोर्डमा वरिष्ठ नेताहरूलाई समेट्न सुझाव दिएका हुन् ।
नेविसंघ, तरुण दललगायत भातृ संगठनमा तदर्थ समिति गठनको तयारी भएको छ । यस्तै चुनावमा टिकट वितरण गर्ने संसदीय बोर्ड गठनको पनि तयारी भएको छ । शुक्रवार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा यी दुवै एजेण्डा पेश हुने तयारी छ ।
कोइरालाले पार्टीका निर्णयमा परामर्श गर्न देउवाको ध्यानाकर्षण गराएका छन् । ‘म तपाईंलाई बलियो भएको देख्न चाहन्छु, सल्लाहमा अगाडि बढौं । संसदीय बोर्डमा सिनियर लिडरहरू नछुटुन्’ कोइरालाको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो ।
