सुनको मूल्य बढ्यो,चाँदी घट्यो : के छ बजार भाउ ?

सुनको मूल्य बढ्यो,चाँदी घट्यो : के छ बजार भाउ ?

 नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज सुन २ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार ६०० कायम भएको छ। शुकबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४०० पुगेको थियो।

यसदिन चाँदीको मूल्य सामान्य घटेको छ। महासंघका अनुसार आज ५ रुपैयाँले  घटेर एक तोला चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार २० रुपैयाँ पुगेको  थियो।