सिन्धुलीमा बुहारीमाथि आगजनी गरी हत्या, सासू र नन्द पक्राउ

सिन्धुलीमा बुहारीमाथि आगजनी गरी हत्या, सासू र नन्द पक्राउ

सिन्धुलीमा पेट्रोल छर्की आगजनी गरी बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू र नन्दलाई पक्राउ गरेको छ।

कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको हत्या भएको हो। आइतबार अपराह्न साढे ४ बजेतिर घिसिङको हत्या भएको हो।

उनको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

पक्राउ पर्नेमा ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मिना बमजन छन्।

मृतकका माइती पक्षले उनीहरूसँगै ६५ वर्षीय ससुरा दुर्गामान बमजनविरूद्ध पनि किटानी जाहेरी दिएका छन्।

‘आगजनीले दुर्गामान पनि घाइते छन्। उनले निभाउन जाँदा घाइते भएको भनेका छन्,’ एसपी सुवेदीले भने, ‘वास्तविकता के हो हामी बुझ्दैछौं।’

मृतक मिनाका श्रीमान कोरियामा छन्।