सामसङ नेपालको ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक

सामसङ नेपालको ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक

काठमाडौं । चाडपर्वको अवसर सामसङ नेपालले कात्तिक ३० गतेसम्म सञ्चालन हुने ‘भव्य दशैं तिहार, घर भरि उपहार’ अफर ल्याएको छ।अफर अन्तर्गत ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा सामसङका टिभी, घरेलु उपकरण ल्याउन सक्नेछन्।

यस्तै सामसुङका केही टिभीहरू किन्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिंक इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउनेछन्।यतिमात्र नभएर कम्पनीका केही फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक समेत पाउने सक्नेछन्।

चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ। जसमा १८ महिनासम्मको अवधिका लागि ब्याज लाग्नेछैन।

इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्छ। नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिन्छ। ग्राहकहरूलाई अर्को स्टोरबाट पुराना घरासयी सामानहरु दिएर नयाँ लिएर जाने सुविधा समेत कम्पनीले उपलब्ध गराएको छ।