सामूहिक गिरफ्तारी दिन भद्रकालीतर्फ लम्कियो मिराजको टोली, प्रहरीले माइतीघरमा रोक्यो
जेन-जी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रहरीले व्यापक धरपकड गरेको छ । निकोलस भुसालसहितका अभियन्ताहरूलाई पक्राउ गरिएपछि मिराजसहितका आन्दोलनकारी पनि सामूहिक गिरफ्तारी दिने प्रयासमा छन्
मिराजको टोली सामूहिक गिरफ्तारी दिने भन्दै प्रहरी वृत्त भद्रकालीतर्फ लम्किएको थियो । तर, माइतीघरमा प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई रोकेको छ । अहिले उनीहरूले नाराबाजी गरिरहेका छन् ।
थर्ड पोल 