सर्लाही ४ मा अबकी बार गगन सरकारको नारा
‘अबकी बार गगन सरकार !’ नेपाली कांग्रेसका सभापति गगन थापाको पूर्ण कदको तस्बिरसहितको ब्यानर टाँसिएको छ । टाढैबाट देखिन्छन्, राता–हरिया झन्डाहरू ।
मान्छेहरूको भीड बढेको बढ्यै छ । ‘दिनको पाँच सयभन्दा धेरै नचिनेका मान्छेहरूको फोन आइरहन्छ, भेट्न आउनेहरू तपाईंले देखिहाल्नुभयो,’ नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह घडी हेर्दै थिए, ‘हेर्नुस्, साँझको चार बजिसक्यो, मैले बिहानको खाना पनि खाएको छैन ।’
सिंहको यही घरबाट कांग्रेस सभापति गगन थापाको आगामी चुनावी अभियान सञ्चालन हुँदै छ । पार्टीको विशेष महाधिवेशनपछि ढिलोगरी टिकट वितरण सुरु गरेका थापा स्वयंले पनि अन्तिम अवस्थामा सर्लाही–४ बाट टिकट लिने निर्णय गरेका थिए ।
वारेसबाट उम्मेदवारी दर्ता गरेका थापा अहिलेसम्म निर्वाचन क्षेत्र आइपुगेका त छैनन् तर, आफ्नो क्षेत्रमा थापा आउँदै छन् भन्ने मतदाताहरूले थाहा भने पाएका छन् ।
थर्ड पोल 