सर्वोच्चले प्रधानमन्त्री कार्कीसँग माग्यो अवहेलनामा कारबाही गर्नु नपर्ने कारणसहितको लिखित जावाफ

सर्वोच्चले प्रधानमन्त्री कार्कीसँग माग्यो अवहेलनामा कारबाही गर्नु नपर्ने कारणसहितको लिखित जावाफ

र्वोच्च अदालतले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग अवहेलना मुद्दामा कारबाही हुनु नपर्ने कारणसहित लिखित जवाफ मागेको छ । राजदूत फिर्तामा सर्वोच्चको अन्तरिम आदेश उल्लंघन गरेर प्रधानमन्त्री कार्कीले अदालतको आदेश उल्लंघन गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलना मुद्दा दायर गरेका थिए । 

उक्त मुद्दामा आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय हप्रिसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासले अवहेलना मुद्दामा कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेस गर्न आदेश गरेको अधिवक्ता सिलवालले जानकारी दिए ।