सशस्त्रद्वारा ४५ लाखको इलेक्ट्रिक भेप बरामद

सशस्त्रद्वारा ४५ लाखको इलेक्ट्रिक भेप बरामद

 सशस्त्र प्रहरी बलले ४५ लाख रुपैयाँबराबरको नौ कार्टुन इलेक्ट्रिप भेप बरामद गरेको छ ।

सशस्त्रले पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट पौस २ गते उक्त परिमाणको इलेक्ट्रिक भेप बरामद गरेको हो ।

अवध रूपमा भारतर्फ लैजान परालको कुन्युमा लुकाइराखेको भेप विशेष सूचनाका आधारमा सशस्त्रको २६ नम्बर गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले बरामद गरेको हो ।

बरामद भेप महेशपुर भन्सार कार्यालय नवलपरासीमा बुझाइको सशस्त्रका डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।