स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगित

स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगित

वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट सोमबार सुनुवाइ नहुने भएको छ।सर्वोच्च अदालतले उक्त रिटलाई स्थगितको सूचीमा प्रकाशन गरेको छ।

पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दर्ता गराएको रिटले पेसीको पालो नै नपाएको हो। योसँगै स्थानीय तहको निर्वाचन रोक्न सर्वोच्चवाट आदेश हुन सक्ने आशंका पूरा नहुने भएको छ।

निर्वाचन आयोगले आचारसंहिता लागू गरेर तयारी तीव्र पारेको अवस्थामा सर्वोच्चको यही मुद्दालाई देखाएर निर्वाचन सर्ने हल्ला केही दिनदेखि चलिरहेको थियो। मुद्दाको अर्को पेसी कहिले हुने भन्ने अहिले नै टुङ्गो लागेको छैन ।