७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना

७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना

 मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् ।

नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् ।

सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठक चलाएका थिए।

गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमा शपथ खुवाएपछि सात दल निरन्तर विरोधमा छन्।