८१.६० प्रतिशत बढ्यो हिमालयन बैंकको नाफा

 ८१.६० प्रतिशत बढ्यो हिमालयन बैंकको नाफा

काठमाडौं ।  हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  बैंकको यो खुद नाफा अघिल्लो आर्थिक वर्षभन्दा ८१.६० प्रतिशतले बढि हो ।अघिल्लो आबमा  बैंकको नाफा १ अर्ब ५६ करोड मात्रै थियो । 

बैंकको चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा २२ अर्ब ४३ करोड छ । बैंकको खराब कर्जा ४.९१ प्रतिशत पुगेको छ ।  बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ ।

यो अवधिमा बैंकले ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी, कमाएको छ । भने बैंकले २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।