घट्यो सुनको मूल्य, चाँदीको स्थिर
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
थर्ड पोल 