हतकडी लगाउने प्रहरीको कार्यशैलीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ
पक्राउ परेका तथा हिरासतमा रहेका व्यक्तिलाई जथाभावी हतकडी लगाउने प्रहरीको कार्यशैली रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रेस काउन्सिल नेपालका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो
नेपाल ल क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थी रोशन आउजी, विकास यादव र विवेक चौधरीले रिट दायर गरेका हुन् । उनीहरूले हतकडीलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने र हतकडी लगाएको अवस्थामा व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक गर्न रोक लगाउन माग गरेका छन् ।
थर्ड पोल 