पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सन्देश- जनता फेरि सडकमा आउनुपर्ने अवस्था नबनोस्, सबै जिम्मेवार बनौं
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन,’ भन्ने स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको बताएकी छन् ।
जेनजी आन्दोलन एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जाल फेकबुकमार्फत सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् ।
कार्कीका अनुसार राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने उनको अपेक्षा छ ।
जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र त्यसबाट सिर्जित पीडालाई स्मरण गर्दै त्यस्तो घटना फेरि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार र चनाखो बन्नुपर्ने उनको सुझाव छ ।
थर्ड पोल 