रवि लामिछाने आज संसदमा बोल्ने

रवि लामिछाने आज संसदमा बोल्ने

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज संसदमा बोल्ने भएका छन्।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभापति लामिछाने बोल्ने भएको उनको सचिवालयले जनाएको छ।

उनले समय लिएर संसदमा बोल्न लागेका हुन्।

भदौ १० गतेको विनाशकारी बाढी र त्यसमा भइरहेको खोजी तथा उद्धार र राहत लगायतका विषयमा उनले बोल्ने छन्।

अरू समसामयिक विषयमा पनि लामिछानेले बोल्ने उनको सचिवालयले जनाएको छ।