जेनजी प्रदर्शः ४ सय बढीको उपचार हुँदै , ट्रमाका ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्ने

जेनजी प्रदर्शः ४ सय बढीको उपचार हुँदै , ट्रमाका ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्ने

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४ सय बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ ।अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालले भन्यो सोमबार राति ११ जनाको अप्रेशन गरिएको थियो । ‘हिजो सकेसम्म ज्यान बचाउने कोसिस गरियो’, डा. रिजालले भने, ‘ हामीकहाँ जटिल खालका बिरामी हुनुहुन्छ । चोटपटक लागेका, गोली लागेका बिरामीको शल्यक्रिया दिँउसोभर चल्नेछ ।’

अस्पतालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ ।अस्पतालले मंगलबार ओपीडी र नियमित शल्यक्रिया बन्द गरेर प्रर्दशनमा घाइते भएको उपचार गर्ने तयारी गरेको छ । ‘हिजोको प्रर्दशनमा घाइते भएका बिरामी र आकस्मिक केशका मात्रै शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ’, डा. रिजालले अनलाइनखबरसँग भने, ‘अस्पतालको सबै स्वास्थ्यकर्मीलाई काममा खटिनु भएको छ ।’