तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य अधिकारी प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय
तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् कोष तथा लेखा विभागका उपप्रमुख विमल अधिकारीले पार्टी परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियानमार्फत वैकल्पिक राजनीतिक धार निर्माणमा लाग्ने घोषणा गरेका छन्।
विगत १९ वर्षदेखि माओवादी आन्दोलनमा प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै अधिकारीले एक विज्ञप्तिमार्फत प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्र मूल्य, सिद्धान्त र वैचारिक दिशाबाट पूर्णतः विचलित भएको आरोप लगाएका छन्। पार्टीभित्र नीति–निर्णयको अस्पष्टता, मूल्यहीन गठबन्धनमा निर्भरता तथा युवापुस्ताको आकांक्षाप्रति बेवास्ता गर्ने प्रवृत्तिले अब संरचनागत सुधार सम्भव नभएको उनको निष्कर्ष छ।
सोही कारण प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलगायत पार्टीको समायोजनबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आफू आबद्ध नभएको उनको भनाइ छ ।
थर्ड पोल 