निको भएपछि काममा फर्किइन् दीपाश्री, ‘कमेडी नाइट’ मा भव्य स्वागत
स्वास्थ्य लाभपछि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला यसैसाता काममा फर्किएकी छन् । झण्डै दुई महिना लामो उपचार र स्वास्थ्य लाभपछि उनी काममा फर्किएकी हुन् ।
काममा फर्किएसँगै उनी टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को छायांकन सेटमा फर्किएकी छन् । उनलाई फूलको गुच्छासहित शोका कलाकारले सेटमा स्वागत गरे ।
केही समयपछि सेटमा फर्किँदा दीपाश्री प्रफुल्ल देखिएकी थिइन् । साथै, उनी ‘छ माया छपक्कै २’ र ‘पाँच पाण्डव’को डबिङ कार्यमा पनि संलग्न भएकी छन् ।
असार अन्त्यतिर उनको ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको थियो । चिकित्सको सल्लाहपछि उनी काममा फर्किएकी हुन् । अहिले पनि प्रशंसकले दीपाश्रीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
थर्ड पोल 