नेपालमा विद्युतीय एसयूभी आइकार भी २३ सार्वजनिक
काठमाडौं । ओमोडा एन्ड जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार भी २३ (iCAUR V23)’ सार्वजनिक गरेको छ ।
चीनको प्रमुख अटोमोबाइल निर्माता चेरि ग्रुपअन्तर्गतको नयाँ ब्रान्ड ‘iCAUR’ को यो मोडल विश्वव्यापी रूपमा अगस्ट २०२५ मा सार्वजनिक गरिएको थियो । चेरि ग्रुपले दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान सुरक्षित गर्दै विश्वका ८० भन्दा बढी मुलुकमा १ करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरिसकेको छ ।
आकर्षक रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको iCAUR V23 साइबर–टेक डिजाइनमा आधारित रेट्रो–क्लासिक एसयूभी हो । यसमा १०० किलोवाट क्षमताको सिङ्गल मोटर सेटअप राखिएको छ, जसले १८० न्युटनमिटर टर्क प्रदान गर्छ ।
साथै, ५९.९३ किलोवाटआवर क्षमताको ब्याट्री प्याक रहेको छ । गाडीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ मिलिमिटर, उचाइ १,८४५ मिलिमिटर र ह्विलबेस २,७३५ मिलिमिटर रहेको छ ।
यस एसयूभीमा आराम र व्यावहारिकतालाई विशेष प्राथमिकता दिइएको छ । अगाडिको फराकिलो स्पेसका कारण सजिलै चढ्ने–ओर्लने सुविधा मिल्छ भने पछाडिको सिट पनि पर्याप्त फराकिलो राखिएको छ ।
थर्ड पोल 