पुटिनले गरे सी र मोदीसहित पाँच देशका राष्ट्रप्रमुखसँग युक्रेन युद्धबारे छलफल
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन र भारतसहित पाँच देशका राष्ट्रप्रमुखहरूसँग युक्रेन युद्धबारे छलफल गरेका छन्।
शुक्रबार पुटिनले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलारसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेव र उज्वेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनले युक्रेन युद्धबारे अमेरिकासँगको वार्ताको तयारी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकफसँग भएको कुराकानीबारे छलफल गरेका थिए।
पुटिनले गत बुधबार मस्कोमा विटकोफसँग युक्रेन युद्धबारे तीन घन्टा छलफल गरेका थिए। त्यसपछि अमेरिकासँग भएको कुराकानीबारे पुटिनले पाँचै देशका राष्ट्रप्रमुखहरूसँग टेलिफोन संवादमा छलफल गरेका हुन्।
टेलिफोन वार्तामा चीनका राष्ट्रपति सी चिनफिङले रूस र अमेरिकाबीच निरन्तर छलफल भएको विषयलाई सकारात्मक भनेका छन्।
थर्ड पोल 