पूर्वप्रधान न्यायाधीश चोलेन्द्रले फैसलामा सही नगरेको भन्दै परेको रिटलाई दरपीठ गर्ने निर्णयविरूद्ध निवेदन
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले फैसला प्रमाणीकरण नगरेको भन्दै परेको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गर्ने निर्णयविरूद्ध निवेदन दायर भएको छ।
अधिवक्ता यज्ञमणि न्यौपानेले आइतबार दरपीठ गर्ने निर्णयलाई बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन्।
प्रतिनिधि सभा विघटनको फैसला भएको पाँच वर्षसम्म पनि पूर्वप्रधानन्यायाधीश जबराले हस्ताक्षर नगरेको भन्दै रिट परेको थियो। उक्त रिटलाई शुक्रबार सर्वोच्चका रजिष्ट्रार मानबहादुर कार्कीले दरपीठ गर्ने आदेश गरेका थिए।
‘फैसला तयार तथा प्रमाणीकरणको कार्य न्यायिक प्रक्रियाको अंग भएकोले यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ताका लागि पेस हुन आएको प्रस्तुत निवेदन दर्ता गर्न मिलेन। मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरी दिइएको छ,’ आदेशमा भनिएको थियो।
थर्ड पोल 