भदौ २४ गते बानेश्वरका प्रहरीमाथि कुटपिट आरोपमा एक जना पक्राउ

भदौ २४ गते बानेश्वरका प्रहरीमाथि कुटपिट आरोपमा एक जना पक्राउ

भदौ २४ गते प्रहरी वृत्त बानेश्वरका प्रहरीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-३१ आलोकनगरबाट एक जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

सिराहा नगरपालिका-४ घर भई काठमाडौंको सुविधानगर बस्ने २२ वर्षीय सैफ सिद्धिकी पक्राउ परेका छन्।

उनीमाथि प्रहरी वृत्त बानेश्वरमा तोडफोड, आगजनी र प्रहरी कर्मचारीमाथि कुटपिट गरेको आरोप छ।

प्रहरीले उनीसँग अश्रुग्याँस सेल दुई वटा, एउटा ल्यापटप र एउटा आइफोन बरामद गरेको छ। 

प्रहरीले भदौ २४ गते विभिन्न प्रहरी कार्यालय तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ गर्दै आएको छ।