भारतमा पौने खर्बको कम्पनीका नेपाली मालिक

भारतमा पौने खर्बको कम्पनीका नेपाली मालिक

विराटनगरमा जन्मे–हुर्केर कक्षा १२ सम्मको अध्ययन उतै गरेका उनी अहिले भारतको सबैभन्दा ठूलो ‘पियर टु पियर’ (पीटुपी) लेन्डिङ प्लेटफार्म ‘लेनदेन क्लब’ का संस्थापक हुन् । पीटुपी लेन्डिङ यस्तो डिजिटल प्लाटफर्म हो, जसले ऋण लिने र दिनेलाई बैंक वा वित्तीय संस्थाको संलग्नता विना नै सिधै आपसमा जोडिदिन्छ ।  यो प्रणालीमा आबद्ध ऋणदाताले आफूसँग भएको पैसा अर्को व्यक्तिलाई सिधै ऋण दिन सक्छन्, ऋण लिनेले पनि सजिलै पाउन सक्छन् ।  ‘लेनदेन क्लब’ भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ बाट अनुमति प्राप्त यस्तै पीटुपी लेन्डिङ प्लाटफर्म हो, जसले स्थापनाको १० वर्षमा १ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबरको कर्जा आफ्नो माध्यमबाट प्रदान गरिसकेको छ । यो प्लाटफर्ममा हालसम्म ३ करोड ऋणी आबद्ध छन् भने ३० लाख ऋणदाता पुगिसकेका छन् ।  यो विराटनगरका उनै दिपेश कार्कीको सफलताको कथा हो जसले भारतमा आफ्नो भिन्नै पहिचान बनाएका छन् ।