मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रम शोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू ८ सूत्रीय मागसहित आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । 

आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरूको आरोप छ । नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग स्वास्थ्यकर्मीहरूको छ । 

मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र आफूहरू बाध्य भएर आन्दोलनमा उतारिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताए ।