महामन्त्रीद्वयले खड्कालाई भने : सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउनुस्

महामन्त्रीद्वयले खड्कालाई भने : सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउनुस्

नेपाली कांग्रेसका महामन्त्रीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले दिएको जिम्मेवारीअनुरूप महाधिवेशनका लागि वातावरण बनाउन आग्रह गरेका छन्।

महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार भएको छलफलका क्रममा कार्यवाह सभापति खड्कालाई महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका हुन् ।
‘सभापतिले तपाईंलाई अधिवेशन गराउने जिम्मेवारी दिनु भएको हो। अधिवेशन गर्ने वातावरण बनाउनुस्,’ महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कासँग भनेका छन् ।

जवाफमा कार्यवाहक सभापति खड्काले आफू महाधिवेशनकै पक्षमा रहेको बताए । उनले पार्टीका नेताहरूसँग आफू छलफलमै रहेको पनि बताए । छलफलका क्रममा संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशन गर्न सहमत नरहेका पनि बताए ।

‘म पनि महाधिवेशन गराउने पक्षमा छु । साथीहरूको कुरा सुनिरहेका छु,’ खड्काको भनाइ उद्धृत गर्दै एक महामन्त्रीले भने, ‘उहाँहरूले मानिरहनु भएको छैन । साथीहरूसँग तपाईंहरू पनि कुरा गर्नुस्।’