यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची


काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी मूल्य बिस्तारै घट्न थालेको छ । आज अधिकांश तरकारी मूल्य सामान्य घटेको छ । 
आज लोकल गोलभेंडा किलोको २२ रुपियाँ तोकिएको छ भने ठूलो गोलभेंडा ७५ रुपियाँ छ । हिजोको तुलनामा लोकल १७ पैसा र ठूलो गोलभेंडा १.६७ रुपियाँले घटेको हो ।  त्यसैगरी हिजो १३० मा बिक्री भएको मकैबोडी १५ रुपियाँ सस्तिएर प्रतिकिलो ११५ रुपियाँमा झरेको छ । 

त्यस्तै, पाकेको फर्सी पनि घटेको छ । बुधबार ६५ रुपियाँमा कारोबार भएको फर्सी १० रुपियाँले घटेर ५५ रुपियाँ कायम भएको छ ।  कालिमाटीमा तितेकरेला, लौका, रायोको साग भने महँगिएको छ । हिजो ४५ रुपियाँ रहेको तितेकरेला आज ५५, ३० रुपियाँ रहेको लौका ३५ र ६५ रुपियाँ रहेको रायो साग यसदिन ७५ रुपियाँ निर्धारण गरिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।