विपद् आउनुअघि नै चितवन प्रहरीको सक्रियता, नागरिक सुरक्षामा विशेष तयारी
विपद् आउनुअघि नै सम्भावित जोखिमको पहिचान गर्दै चितवन प्रहरीले नागरिकको सुरक्षाका लागि सक्रियता बढाएको छ। बाढी, पहिरोलगायतका विपद्को सम्भावनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको हो।
सम्भावित पहिरो तथा बाढीको जोखिम रहेका जिल्लाका विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको छ। जोखिम बढ्ने अवस्था आएमा सवारीसाधनलाई सुरक्षित स्थानमा होल्ड गर्ने तथा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलका अनुसार काठमाडौँबाट चितवनतर्फ आएका सवारीसाधनलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा होल्ड गरिनेछ। त्यस्तै, चितवनबाट काठमाडौँ तथा पोखरातर्फ जाने सवारीसाधनलाई रामनगर र जुगेडी क्षेत्रमा होल्ड गर्ने व्यवस्था मिलाइएको छ।



थर्ड पोल 