सेक्यूर्ड सेक्युरिटिजले गर्यो लगानीकर्तालाई बम्पर लाभांश घोषणा

सेक्यूर्ड सेक्युरिटिजले गर्यो लगानीकर्तालाई बम्पर लाभांश घोषणा


काठमाडौं । सेक्यूर्ड सेक्युरिटिजले गत वर्षको नाफाबाट लगानीकर्तालाई बम्पर लाभांश घोषणा गरेको छ।कम्पनीको संचालक समितिले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। १०० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

कम्पनीले लाभांश १६औं वार्षिक साधारण सभाबाट पारित भए पश्‍चात लगानीकर्तालाई वितरण गर्ने छ। साधारण सभा पुस २० गते बोलाइएको छ।सञ्चालक समितिले कम्पनीको अधिकृत पुँजी बढाएर ३० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि साधारण सभामा लैजान स्वीकृति प्रदान गरेको छ।