‘हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४’ आयोजना गर्दै 

‘हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४’ आयोजना गर्दै 

काठमाडौं । हब इन्टरनेशनल एजुकेशनले यही आउँदो शनिबार हात्तीसरमा अवस्थित आफ्नै कम्प्लेक्समा   ‘ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४’ आयोजना गर्ने भएको छ।

 कार्यक्रमले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक परामर्श लिन सहयोग गर्ने छ। यूके, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८ं देशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरूले लक्षित विद्यार्थीलाई प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन्।

यसबाहेक, विद्यार्थीले छात्रवृत्ति अवसर र अन्य विभिन्न सुविधाकोबारेमा जानकारी प्राप्त गर्ने मौका पाउनेछ। ग्रान्डमल्टि डेस्टिनेसन एजुकेशन फेयरमा भाग्यशाली विजेताहरूले स्मार्टफोन, फूड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

सहभागीहरूले उच्च शिक्षाको मार्ग कोर्दै रोमाञ्चक खेल र गतिविधिमा समेत भागलिई उपहार हात पार्न सक्नु हुनेछ।

“यो कार्यक्रम शैक्षिक मेला मात्र होइनस यो विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरको प्रवेशद्वार हो, हब इन्टरनेशनल एजुकेशनका चेयरम्यान उद्वबबहादुर खड्काले जानकारी गराए। ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ विदेशमा आफ्नो शैक्षिक यात्रा सुरु गर्न इच्छुक विद्यार्थीहरूले कार्यक्रमको यो  नम्बरमा  ०१-५३४२०९६  बुकीङ गर्न सक्ने छ ।