१८अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १८अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ ।
चैत ६ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ वैशाख ४ गते परिपक्व हुनेछ।
त्यस्तै, १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । यो ट्रेजरी २०८१ असोज १ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ९ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ चैत ४ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।



थर्ड पोल 