अध्यादेश निष्किृय भएपछि साविककै ऐन सक्रिय हुने

अध्यादेश निष्किृय भएपछि साविककै ऐन सक्रिय हुने

 सर्वोच्च अदालतले अध्यादेश निष्किृय भए साविककै ऐन सक्रिय हुने व्यख्या गरेको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन सम्बन्धमा परेको मुद्दामा फैसला दिँदै सर्वोच्चले यस्तो व्याख्या गरेको हो।

राउत नेतृत्वको जनमत विभाजित भई जनस्वराज पार्टी दर्ता भएको थियो। त्यसपछि राउत अदालत गएका थिए। राउतको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनिलकुमार पोखरेल र  मेघराज पोखरेलको संयुक्त इजलासले यस्तो व्याख्या गरेको हो ।

राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश आएको र अध्यादेश निष्कृय भइसकेको अवस्थामा साविककै ऐनको प्रावधान जागिएको मान्नुपर्ने अदालतको फैसलामा उल्लेख छ ।