अनलाईन सट्टेबाजीमा कलाकार 'बल्छी ध्रुबे' र 'राजु मास्टर' पक्राउ
काठमाडौ, ३२ जेठ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा चर्चित कलाकारहरू पक्राउ परेका छन् । बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायतका कलाकारलाई प्रहरीले पक्राउ गरेका हो ।
प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।
अनलाइन गतिविधिमार्फत सट्टेबाज ९जुवा० खेल्न प्रयोगमा आएको ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई हिजो प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ ।
थर्ड पोल 