आज उच्च तहमा पुग्यो काठमाडौं उपत्यकामा वायु प्रदूषण

 आज उच्च तहमा पुग्यो काठमाडौं उपत्यकामा वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ। उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ।

शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ।काठमाडौंको रत्नपर्क र लतिलपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ।

काठमाडौंमा आज साँझ ६ बजेसम्मै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ। साँझ ८ बजे काठमाडौंमा पीएम २.५ को औसत मात्रा ८४.२८३ पुग्नसक्ने पूर्वानुमान गरिएको छ।